युवा संघ र दुर्गा प्रसाईंको कार्यक्रम एकैठाउँमा नहुने
नेपालखोज
२०८० मंसिर ३ गते १९:२९

काठमाडौं । युवा संघ र दुर्गा प्रसाईंले ७ मंसिरका लागि तोकेको कार्यक्रम एकैठाउँमा गर्न प्रशासनले नदिने भएको छ ।
दुवै पक्षले ७ मंसिरमा बिहान ११ बजे काठमाडौंको माइतीघर मण्डलबाट शक्ति प्रदर्शन गर्ने निर्णय गरेका थिए । तर, शान्ति सुरक्षाको अवस्था मध्यनजर गरेर दुवै पक्षलाई एकैठाउँमा कार्यक्रम गर्न नदिने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले अनलाइनखबरलाई बताए ।
‘माइतीघर मण्डल मात्रै होइन, काठमाडौंका कुनै पनि एउटै स्थान, समय र मितिमा दुई पक्षको कार्यक्रम हुँदैन’, उनले भने, ‘वैकल्पिक स्थानमा कार्यक्रम गर्न भन्छौं ।’
वैकल्पिक स्थानका रुपमा तीनकुने, खुलामञ्च, नारायण चौर, माछापोखरी, कीर्तिपुर लगायतका क्षेत्रमध्ये एक रोज्न भनिएको छ ।
सम्बन्धित
प्रतिक्रिया