शुक्रबार, मंसिर २२, २०८०

किएभलाई अमेरिकी समर्थनबारे आश्वस्त पार्न अमेरिकी रक्षामन्त्रीको युक्रेन भ्रमण

नेपालखोज २०८० मंसिर ४ गते १५:०९

किएभ । वासिङ्टनले रुसी सेनाको आक्रमणविरुद्धको लडाइँलाई समर्थन जारी राख्ने वासिङ भनी युक्रेनलाई आश्वस्त पार्न अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले सोमबार किएभको अघोषित भ्रमण गरेका छन् ।

अमेरिकाले युक्रेनका लागि सुरक्षा सहयोगमा अर्बौं डलर प्रदान गरेको छ । साथै उसले ‘जबसम्म आवश्यक हुन्छ’ किएभलाई समर्थन गर्ने वाचा दोहोर्याउँदै आएको छ । यद्यपि कट्टरपन्थी रिपब्लिकन सांसदहरूको विरोधले अमेरिकी सहयोगको भविष्यका बारेमा शङ्का पैदा भएको छ ।

सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमाथि पूर्णस्तरमा आक्रमण गरेपछि पोल्यान्डबाट रेलमार्फत किएभको यो भ्रमण अस्टिनको दोस्रो हो । अहिलेसम्म किएभलाई सैन्य सहयोग गर्ने वासिङ्टन सबैभन्दा ठूलो दाता हो । युद्धको दोस्रो चिसोका लागि तयार युक्रेनलाई अमेरिकी सहयोगमा कटौती ठूलो प्रहार हुनेछ ।

प्रतिक्रिया