सोमबार, वैशाख ३१, २०८१

नेप्सेमा एक दशमलव ३९ अंकले वृद्धि, एक अर्ब नौ करोडको सेयर किनबेच

नेपालखोज २०८० मंसिर ४ गते १५:३३

काठमाडौं । तिहार र छठ पर्वको लामो बिदापछि आज सोमबार पहिलो दिन खुलेको नेप्से सामान्य अंकले बढेको छ । नेप्से आज एक दशमलव ३९ अंकले बढेर एक हजार आठ सय ५३ दशमलव ४९ अंकमा पुगेको छ ।

क वर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स भने आज शुन्य दशमलव शुन्य ५० अंकले घटेर तीन सय ५६ दशमलव ५४ अंकमा झरेको छ । नेप्सेमा आज दुई सय ८४ वटा कम्पनीहरुको ४४ हजार सात सय २७ पटकको कारोबारमा ३३ लाख १९ हजार पाँच सय ५८ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम एक अर्ब नौं करोड ९३ लाख १८ हजार २९ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा चार वटा समुहहरुको सुचक घटेर बाँकी समुहहरुको सुचक बढेका छन् । जसमध्ये वाणिज्य बैंक समुहको सुचक दुई दशमलव ४१ अंकले बढेर ११ सय ७५ दशमलव ३३ अंकमा पुगेकोमा बिकास बैंक समुहको सुचक पनि ४४ दशमलव ८९ अंकले बढेर तीन हजार पाँच सय ९२ दशमलव १३ अंकमा पुगेको छ ।

फाईनान्स समुहको सुचक पनि पाँच दशमलव १५ अंकले बढेर १६ सय नौं दशमलव ८० अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि छ दशमलव १० अंकले बढेर १९ सय ४२ दशमलव २४ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ९४ दशमलव २६ अंकले बढेर नौं हजार सात सय ९४ दशमलव ४५ अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि ७१ दशमलव ४७ अंकले बढेर नौं हजार छ सय दशमलव ७८ अंकमा पुगेको छ ।

यि बाहेक लगानी, सामुहिक लगानी कोष र ट्रेडिङ समुहको सुचक पनि क्रमशः शुन्य दशमलव ४७, शुन्य दशमलव शुन्य सात र ३७ दशमलव ४१ अंकले बढेका छन् । होटल तथा पर्यटन समुहको सुचक भने आज ९१ दशमलव ८४ अंकले घटेर चार हजार नौं सय २४ दशमलव ४८ अंकमा झरेकोमा उत्पादमुलक, लघुवित्त र अन्य समुहको सुचक पनि क्रमशः ९५ दशमलव ३१, ४८ दशमलव ४८ र एक दशमलव ९३ अंकले घटेका छन् ।

नेप्सेमा आज ग्लोवल आईएमई लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य नौं दशमलव ९८ प्रतिशतले बढेर नौं सय १५ रुपैंयाँ अन्तिम मुल्यमा प्र्रतिकित्ता सेयर कारोबार भएकोमा फरवार्ड कम्युनिटी माईक्रो फाईनान्स लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले घटेर एक हजार ८८ रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

हिमालयन डिष्ट्रिलरी प्रालीको भने आज प्रतिकित्ता एक हजार सात सय ३७ रुपैंयाँ अन्तिम मुल्यमा सात करोड ३६ लाख २५ हजार छ सय ६६ रुपैंयाँको सेयर किनबेच भएको छ । यो आज कारोबार भएका कम्पनीहरु मध्येमा कारोबार रकमका आधारमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया