प्यालेस्टाइन-इजरायलको बिग्रदो अवस्था बारे चिनियाँ राष्ट्रपति सी र फ्रान्सेली राष्ट्रपति म्याक्रोन चिन्तित
नेपालखोज
२०८० मंसिर ४ गते १७:३८

बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङ र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार प्यालेस्टाइन-इजरायल बीचको बिग्रदो अवस्था बारे चिन्ता व्यक्त गरेका छन् ।
उनीहरूले त्यहाँको अवस्था थप बिग्रनबाट जोगिनका लागि विशेष गरी थप गम्भीर मानवीय सङ्कट बढ्न नदिन सचेत हुन आग्रह गरेका छन् ।
दुई राष्ट्र प्रमुखहरूले टेलिफोन कुराकानीमा प्यालेस्टाइन-इजरायली द्वन्द्व समाधान गर्न दुई-राज्य समाधान नै आधारभूत उपाय र उत्तम विकल्प रहेको औल्याएका छन् ।
सम्बन्धित
प्रतिक्रिया