शनिबार, मंसिर १६, २०८०

मंसिर ७ गते हुन लागेका दुईवटा छुट्टाछुट्टै सम्मेलनलाई मध्यनजर गर्दै निषेधित क्षेत्र थपियाे

नेपालखोज २०८० मंसिर ४ गते १९:४४

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंमा मंसिर ७ गते हुन लागेका दुईवटा छुट्टाछुट्टै सम्मेलनलाई मध्यनजर गरेर निषेधित क्षेत्र थप गरेको छ ।

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जारी गरेको आदेशअनुसार पद्मोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चारैतर्फ र माइतीघर मण्डलादेखि बबरमहल, बिजुलीबजार पूल हुँदै नयाँ बानेश्वर चोकसम्म निषेधित क्षेत्र घोषणा गरिएको छ ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ बमोजिम यस्तो आदेश जारी गरिएको छ । यसअघि काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्न रोक लगाएको थियो ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति, नागरिक बचाउ महाअभियान र नेकपा (एमाले)को भ्रातृ संगठन राष्ट्रिय युवा संघले एकै समयमा माइतीघर मण्डलामा प्रदर्शन गर्ने घोषणा गरेपछि प्रशासनले माइतीघर मण्डलामा प्रदर्शन गर्न निषेध गरेको हो ।

प्रतिक्रिया