दाङमा एकैघरका दुई दाजुभाइ मृत फेला
नेपालखोज
२०८० मंसिर ५ गते ८:१८

दाङ । दाङको तुलसीपुर-६ गाइडहरमा एकैघरका दुई दाजुभाइ मृत फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका १६ डोक्रेना घर भई तुलसीपुर ६ गाइडहरमा कोठा भाडामा बस्दै आएका ३४ वर्षीय पूर्णबहादुर बस्नेत र उनका सहोदर भाइ ३० वर्षीय टेकबहादुर बस्नेत मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएकाे छ ।
शव गन्हाइसकेकाले उनीहरुको दुई/तीन दिनअघि नै मृत्यु भएको अनुमान प्रहरीले गरेको छ । पोस्टमार्टमपछि मात्र उनीहरुको मृत्युको कारण खुल्ने प्रहरीले जनाएकाे छ । मृतक पूर्णबहादुर परिवारका साइला र टेकबहादुर कान्छा सन्तान रहेको जनाइएकाे छ ।
सम्बन्धित
प्रतिक्रिया