मृत अवस्थामा फेला

काठमाडौं । धनकुटाको चौबिसे गाउँपालिका–७ सिमडाँडा बस्ने ४९ वर्षीय भीम बहादुर लिम्बु सोही ठाउँस्थित सल्लेरी सामुदायिक बनभित्र खोल्सीमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
सल्यानको शारदा नगरपालिका–१ छापडाँडास्थित भुवनेश्वरी सामुदायिक वनमा छत्रेश्वर गाउँपालिका–७ वेताती बस्ने ५८ वर्षीया हरि कुमारी खड्का सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।
दाङको तुलसीपुर उपमहानगरपालिका–१६ डोक्रेना घर भई सोही उपमहानगरपालिका–६ गाईडर डेरा गरी बस्ने ३४ वर्षीय पुर्ण बहादुर बस्नेत र उनकै भाइ ३० वर्षीय टेक बहादुर बस्नेत आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका–१२ ढोटार बस्ने २४ वर्षीय सेतीराम माझी सोही ठाउँस्थित ईन्द्रावती खोलामा सोमबार मृत अवस्थामा फेला परेका छन् । सवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया