आइतबार, मंसिर १७, २०८०

टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयमा सर्वोच्चले कारण देखाउ आदेश जारी

नेपालखोज २०८० मंसिर ५ गते १८:५७

काठमाडौं । टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश विनोद शर्माको इजलासले १४ रिटको एकसाथ प्रारम्भिक सुनुवाइ गर्दै सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधीश शर्माको इजलासले यही मंसिर १५ भित्र टिकटक बन्द गर्नुको कारणसहितको लिखित जवाफ पेस गर्न आदेश गरेको छ । यस्तै, इजलासबाटै यही मंसिर १९ गते पूर्ण सुनुवाइको मिति तोकिएको छ ।

कात्तिक २७ गते तिहारको बिदाको समयमा मन्त्रिपरिषद्ले गरेको निर्णयविरुद्ध यही मंसिर १ गते १० रिट दर्ता भएका थिए । यस्तै, थप चार रिट सोमबार दर्ता भएका थिए ।

प्रतिक्रिया