आइतबार, वैशाख १६, २०८१

यस्ता छन् फिटनेस टिप्स 

नेपालखोज २०८० मंसिर १० गते ६:३३

काठमाडौं । फिट एण्ड फाइन रहने चाहना हामीमध्ये सबैको हुन्छ । यद्यपि चाहना हुँदा हुँदै पनि सबै जना फिट भने रहन सक्दैनन् । सधैं फिट एण्ड फाइन रहनका लागि निम्नानुसार कुराहरुमा ध्यान  दिनु आवश्यक छ । ती निम्नानुसार छन् –

–व्यस्त जीवन शैली भएकाहरूले क्याल्सियम तथा आइरन प्राप्त हुने खानकुरा प्रशस्त खाने ।

–झोल खाना, फलफूल तथा सलाद बढी खाने ।

–स्वस्थ र फिट हुने हो भने चिल्लो, पिरो एवं मसलादार खानेकुरा कम खाने ।

–जतिसुकै काम भए पनि कम्तीमा आधा घन्टा मर्निङ वाक गर्ने ।

–दिनहुँ एक्सरसाइज गर्न सकिएन भने कम्तीमा हप्ताको तीन दिन भए पनि समय निकाल्ने ।

–अर्काको लहैलहैमा लागेर फिटनेस क्लब ज्वाइन गर्ने अनि बीचमै छोड्ने काम नगर्ने ।

–हरेक दिन डाइट चार्टअनुसार खाना खाने ।

–फिटनेससम्बन्धी सचेतता सानो उमेरदेखि नै कायम गर्दै लाने ।

–फिट रहन मेसिन प्रयोग गर्नुभन्दा प्राकृतिक रूपमा पसिना निकाल्नु उपयुक्त हुन्छ ।

प्रतिक्रिया