शनिबार, वैशाख २२, २०८१

४७ अंकले बढ्दा दुई अर्बको सेयर किनबेच

नेपालखोज २०८० मंसिर १० गते १५:२६

काठमाडौं । नेप्सेमा उछाल आएको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से ४७ दशमलव ७५ अंकले बढेर १९ सय सात दशमलव ९५ अंकमा पुगेको छ । यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ८३ अंकले बढेर तीन सय ६४ दशमलव ८१ अंकमा पुगेको छ ।

नेप्सेमा आज दुई सय ९४ वटा कम्पनीहरुको ६६ हजार पाँच सय १६ पटकको कारोबारमा ६५ लाख ३० हजार छ सय ४३ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम दुई अर्ब एक करोड १७ लाख ६३ हजार तीन सय ५८ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा सबै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ ।

सो मध्ये वाणिज्य बैंक समुहको सुचक २१ दशमलव ७८ अंकले बढेर ११ सय ८५ दशमलव ७४ अंकमा पुगेकोमा बिकास बैंक समुहको सुचक पनि ९५ दशमलव ६६ अंकले बढेर तीन हजार सात सय २४ दशमलव ४० अंकमा पुगेको छ ।

फाईनान्स समुहको सुचक पनि ६३ दशमलव ६७ अंकले बढेर १६ सय ८८ दशमलव १६ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुुचक पनि ६० दशमलव ८२ अंकले बढेर दुई हजार ४२ दशमलव ७२ अंकमा पुगेको छ ।

यसैगरी जीवन बीमा समुहको सुचक पनि चार सय ४९ दशमलव ८६ अंकले बढेर १० हजार पाँच सय ६९ दशमलव ६३ अंकमा चढेकोमा निर्जीवन बीमा समुहको सुचक पनि तीन सय ५८ दशमलव ८१ अंकले बढेर १० हजार एक सय २७ दशमलव ४६ अंकमा पुगेको छ ।

यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरुको सुुचक पनि क्रमशः ९० दशमलव २०, एक दशमलव २६, एक सय ५३ दशमलव ९७, ६७ दशमलव ३२, शुन्य दशमलव २४, २५ दशमलव ८९ र ९६ दशमलव ८१ अंकले बढेका छन् ।

नेप्सेमा आज छ्याङदी हाईड्रोपावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर दुई सय २० रुपैंयाँ अन्तिम मुल्यमा सेयर किनबेच हुँदा इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य दुई दशमलव ४७ प्रतिशतले घटेर पाँच सय ८३ रुपैंयाँ २० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको प्रतिकित्ता दुई सय ९३ रुपैंयाँ ३० पैसा अन्तिम मुल्यमा ११ करोड ६६ लाख ६७ हजार दुई सय ६० रुपैंयाँको सेयर किनबेच भएको छ । यो आज कारोबार भएको मध्ये रकम कारोबारका आधारमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया