शनिबार, वैशाख २२, २०८१

एक दिन पनि टिकेन नेप्सेको उच्च वृद्धिदर

नेपालखोज २०८० मंसिर ११ गते १५:२९

काठमाडौं । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से साताको दोस्रो कारोबार दिन सोमबार भने उच्च अंकले घटेको छ । अघिल्लो दिन ४७ दशमलव ७५ अंकले बढेको नेप्से आज सोमबार ११ दशमलव २७ अंकले घटेर १८ सय ९६ दशमलव ६७ अंकमा झरेको छ ।

क वर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव १२ अंकले घटेर तीन सय ६२ दशमलव ६९ अंकमा झरेको छ । नेप्सेमा आज दुई सय ९० वटा कम्पनीहरुको ५२ हजार चार सय ८० पटकको कारोबारमा ६० लाख १७ हजार तीन सय ९७ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम एक अर्ब ७५ करोड ४७ लाख ५० हजार सात सय ५५ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा चार वटा समुहहरुको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेको छ । सो मध्ये होटल तथा पर्यटन, लगानी, सामुहिक लगानी कोष र ट्रेडिङ समुहको सुचक क्रमशः १२ दशमलव ७७, शुन्य दशमलव ३३, शुन्य दशमलव शुन्य एक र १० दशमलव ३९ अंकले बढेका छन् ।

यसबाहेक वाणिज्य बैंक समुहको सुचकम नौं दशमलव ९७ अंकले घटेर ११ सय ७५ दशमलव ७६ अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक पनि सात दशमलव ७० अंकले घटेर तीन हजार सात सय १६ दशमलव ६९ अंकमा झरेको छ । फाईनान्स समुहको सुुचक पनि १३ अंकले घटेर १६ सय ७५ दशमलव १६ अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि १६ दशमलव २४ अंकले घटेर दुई हजार २६ दशमलव ४७ अंकमा पुगेको छ ।

यसैगरी जीवन बीमा समुहको सुचक पनि ९४ दशमलव १२ अंकले घटेर १० हजार चार सय ७५ दशमलव ५१ अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुचक पनि ५४ दशमलव ५६ अंकले घटेर १० हजार ७२ दशमलव ८९ अंकमा झरेको छ । यि बाहेक उत्पादनमुलक, लघुवित्त र अन्य समुहको सुचक पनि क्रमशः ४० दशमलव ५६, २७ दशमलव ५१ र एक दशमलव ८४ अंकले घटेका छन् ।

नेप्सेमा आज अपर स्याङगे हाईड्रोपावर लिमिटेडको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर तीन सय ४७ रुपैंयाँ ६० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएकोमा स्वाभिमान लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य आठ दशमलव चार प्रतिशतले घटेर आठ सय ८५ रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको भने आज प्रतिकित्ता दुई सय ८८ रुपैंयाँ अन्तिम मुल्यमा सात करोड ७७ लाख ६३ हजार पाँच सय ८५ रुपैंयाँको सेयर किनबेच भएको छ । यो आज कारोबार भएको मध्ये रकम कारोबारको आधारमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया