सोमबार, फागुन २१, २०८०

बालरोग विशेषज्ञलाई टेकु अस्पतालको जिम्मेवारी

नेपालखोज २०८० मंसिर ११ गते २०:२४

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सोमबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र सार्क क्षयरोग केन्द्रको जिम्मेवारी हेरफेर गर्दा मनोमानी गरेका छन् ।

बाल रोग विशेषज्ञ डा. युवानिधि बसौलालाई शुक्रराज तथा ट्रपिकल तथा सरुवा रोग अस्पतालको जिम्मेवारी दिएका छन् ।

यस्तै, सरुवा रोग अस्पतालकी निर्देशक डा. मनिषा रावलको सार्क क्षयरोग केन्द्रमा सरुवा गरेका छन् । सार्क क्षयरोग केन्द्रका डा. रोशन न्यौपानेलाई वीर अस्पतालमा पठाएका छन् ।

जानकारहरुका अनुसार सार्क क्षयरोग केन्द्रमा पब्लिक हेल्थ एडमिनिस्ट्रेसन समूहको मानिसलाई लैजाँदा राम्रो काम लिन सकिन्छ । तर, डा. रावल जनरल प्राक्टिसनर हुन् ।

प्रतिक्रिया