सोमबार, फागुन २१, २०८०

मंगलबार किन पूजिन्छ हनुमान ?

नेपालखोज २०८० मंसिर १२ गते ६:०७

हिन्दु धर्मअनुसार मंगलबार विशेष गरी गणेश भगवान्‌को पूजाआराधना गरिन्छ । यस दिन काली माता, दुर्गा माता र हनुमानको पनि पूजा गरिन्छ । यस दिन व्रत बस्दा बिहानको खाना खानु हुँदैन भने साँझको खानामा नुन मिसाउनु हुँदैन । सबै किसिमको सुख प्राप्त गर्न, रक्तविकार शमन गर्न, शत्रु दमनका निम्ति, स्वास्थ्य रक्षार्थ तथा पुत्र प्राप्तिका लागि मंगलबारको व्रत उत्तम मानिन्छ । यो व्रत शुक्ल पक्षको पहिलो मंगलबारबाट सुरु गर्नु राम्रो मानिन्छ । यो व्रत कम्तिमा २१ वटा मंगलबारसम्म लिने प्रचलन छ भने सकेसम्म जीवनभरी नै लिए अझ राम्रो हुन्छ ।

आजैका दिन धन तथा वैभवको हिसाबमा मंगलबार शुभ मानिन्छ । मंगलबार व्रत बसेर पूजा आराधाना गर्दा धन सम्पन्न हुन्छ भन्ने मान्यता छ । धर्मशास्त्रअनुसार, मंगलबारको दिन हनुमानको पूजा आराधना गरियो भने आर्थिक लाभ मिल्छ । सकेसम्म मंगलबारको दिन कुनै पनि हनुमानको मन्दिरमा गएर हनुमान चालीसाको पाठ गर्दा आर्थिक सम्पन्नता बढेर जाने धार्मिक विश्वास छ । जीवन भोगाइका समस्या कम गर्न पनि मंगलबार हनुमान मन्दिरमा गएर रामरक्षा स्त्रोत पाठ गर्दा राम्रो हुने विश्वास गरिन्छ । साथै मंगलबार गणेश भगवानलाई पनि खुसी बनाएर आफ्नो इच्छा पूरा गर्न सकिन्छ । बिहान सबेरै उठेर स्नान गरेर चोखो कपडा लगाउने ।

त्यसपछि घरमा सम्भव भए घरमै पूजा गर्ने यदि छैन भने नजिकै रहेको गणेश मन्दिरमा गएर पूजा गर्ने । विशेष गरेर गणेशको पूजा गर्नलाई मंगलबार राम्रो मानिन्छ । त्यसकारण व्रत बसी विधिवत् रुपमा पूजा गर्दा सोचेभन्दा राम्रो हुने मान्यता रहेको छ । गणेश भगवानको पूजा गर्दा घिउ अपर्ण गर्नु अत्यन्तै आवश्यक रहेको हुन्छ । यदि धनको लागि भगवान् गणेशको व्रत बसेको हो भने गणेशलाई घिउ अर्पण गर्दा छिटै प्रशन्न हुने विश्वास रहेको छ । गुलियो खाने कुराहरुबाट प्रशन्न हुने भएकाले गणेश भगवानलाई सक्खरबाट बनेका गुलिया चिजहरु चढाउनुपर्छ । त्यसो त भगवान् गणेशलाई पूजामा धेरै कुरा चढाइन्छ तर दूबोको चाहिँ विशेष महत्त्व छ । दूबोविना उनको पूजा नै पूर्ण हुँदैन ।

प्रतिक्रिया