शनिबार, जेठ ५, २०८१

बिल नभएको सुन जस्तो देखिने धातुसहित एक जना पक्राउ

नेपालखोज २०८० मंसिर १२ गते १५:१०

कास्की । पोखरा महानगरपालिका–३२ मजुवाबाट बिल नभएको सुन जस्तो देखिने करिब ४ तोला बराबरको पहेँलो धातुसहित तनहुँ भिमाद नगरपालिका–६ शिव सुन चाँदी पसलमा काम गर्ने भारत घर भएका २६ वर्षीय शुशान्त आर्यालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले ग.१ ख ३८१९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई प्लास्टिकको बट्टाभित्र लुकाई छिपाई ल्याएको उक्त धातुसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया