शनिबार, वैशाख २२, २०८१

दुई अंकले घट्दा एक अर्ब २८ करोडको सेयर किनबेच

नेपालखोज २०८० मंसिर १२ गते १५:३१

काठमाडौं । नेप्से पुन घटेको छ । अघिल्लो दिन ११ दशमलव २७ अंकले घटेको नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार पुन दुई दशमलव १७ अंकले घटेर १८ सय ९४ दशमलव ५३ अंकमा पुगेको छ ।

यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ८६ अंकले घटेर तीन सय ६१ दशमलव ८५ अंकमा झरेको छ । नेप्सेमा आज दुई सय ९० वटा कम्पनीहरुको ४७ हजार तीन सय ३३ पटकको कारोबारमा ४७ लाख २७ हजार नौं सय दुई कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम एक अर्ब २८ करोड दुई लाख २८ हजार नौं सय ७१ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा पाँच वटा समुहहरुको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । जसमध्ये फाईनान्स समुहको सुचक पाँच दशमलव ५८ अंकले बढेर १६ सय ८० दशमलव ७५ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि तीन दशमलव ८१ अंकले बढेर दुई हजार ३० दशमलव २८ अंकमा पुगेको छ ।

यसैगरी होटल तथा पर्यटन, उत्पादनमुलक र सामुहिक लगानी कोष समुहको सुुचक पनि क्रमशः एक सय ६९ दशमलव ८४, ३३ दशमलव २९ र शुन्य दशमलव १४ अंकले बढेका छन् ।

वाणिज्य बैंक समुहको सुचक भने छ दशमलव १८ अंकले घटेर ११ सय ६९ दशमलव ५७ अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक पनि १९ दशमलव ४७ अंकले घटेर तीन हजार छ सय ९७ दशमलव २१ अंकमा झरेको छ ।

जीवन बीमा समुहको सुचक पनि सात दशमलव २४ अंकले घटेर १० हजार चार सय ६८ दशमलव २७ अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुचक पनि दुई दशमलव २७ अंकले घटेर १० हजार ७० दशमलव ६१ अंकमा झरेको छ ।

यि बाहेक लगानी, लघुवित्त, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि क्रमशः शुन्य दशमलव १६, १९ दशमलव ३२, दुई दशमलव ७१ र २७ दशमलव ८० अंकले घटेका छन् ।

नेप्सेमा आज बुद्धभुमि नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडको प्रतिकित्ता सेयर मुल्य नौं दशमलव ९७ प्रतिशतले बढेर तीन सय ९४ रुपैंयाँ ८० पैसा अन्तिम मुल्यमा सेयर कारोबार भएकोमा नारायणी डेभलपमेन्ट बैंकको प्रतिकित्ता सेयर मुल्य पाँच दशमलव ३३ प्रतिशतले घटेर तीन सय ५५ रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको भने आज प्रतिकित्ता तीन सय एक रुपैंयाँ २० पैसा अन्तिम मुल्यमा आठ करोड ४९ लाख ९८ हजार आठ सय ६४ रुपैंयाँको सेयर किनबेच भएको छ । आज कारोबार भएकोमा मध्येमा रकम कारोबारका आधारमा सबै भन्दा बढी हो ।

प्रतिक्रिया