मंगलबार, वैशाख १६, २०८२

नेपाल सुपर लिगमा ललितपुर सिटी एफसी र पोखरा थन्डर्सले बाँडे अंक

नेपालखोज २०८० मंसिर १३ गते १९:५२

काठमाडाैं । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा ललितपुर सिटी एफसी र पोखरा थन्डर्सले गोलरहित बराबरी खेल्दै अंक बाँडे

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा ललितपुर सिटी एफसी र पोखरा थन्डर्सले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

दशरथ रंगशालामा भएको खेलमा दुबै टिमबाट गोल हुन नसकेपछि खेल गोलरहित बराबरीमा सकिएको हो । एनएसएलको पहिलो खेल जितेका दुबै टोली दोस्रो जितको खोजीमा मैदान उत्रिएका थिए ।

प्रतियोगितामा दुवै टिमको यो दोस्रो खेल हो । यसअघि प्रतियोगिताको पहिलो खेलमा ललितपुरले बुटवल लुम्बिनी एफसविरुद्ध २–० को जित निकालेको थियो । पोखराले पहिलो खेलमा एफसी चितवनलाई १–० ले हराएको थियो ।

प्रतिक्रिया