शनिबार, जेठ ५, २०८१

कुटपिटको विरोधमा डाक्टरहरुको प्रदर्शन

नेपालखोज २०८० मंसिर १४ गते १५:००

बुटवल । बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) मा चिकित्सकमाथि भएको दुर्व्यवहारको विरोधमा बिहीबार चिकित्सकहरुले इलाका प्रहरी कार्यालय बुटवलमा धर्ना दिएका छन् ।

नेपाल चिकित्सक संघ, नेपाल फार्मेसी संघ, नेपाल स्वास्थ्य प्राविधिक संघ (पान), निजी अस्पताल ब्यवसायी संघ (अफिन), आम्दा अस्पताल प्रशासनसहित आधा दर्जन संघसंस्थाहरुले चिकित्सक कुटपिटको विरोधमा प्रहरी कार्यालयबाहिर धर्ना दिएङ्का हुन् ।

उनीहरुले आम्दाका मेडिकल सुपरिटेण्डेन्ट राजेन्द्र बस्यालमाथि हातपात गर्नेमाथि कडा कारवाही हुनुपर्ने माग राखेका छन् । संघका सचिव डा. सन्तोष पोखरेलले बुधबार बसेको बैठकमा हातपात भएको चिकित्सकको विषयमा कुनै कुरा नउठेको भन्दै सार्वजनिक अपराध अन्तर्गत कारवाहीका लागि मुद्धा दर्ता गर्न लागेको बताए ।

गुल्मी घर भई भैरहवा बस्ने भवानी रास्कोटीको सल्यक्रियाबाट सुत्केरी गराउने क्रममा मृत्यु भएको थियो । उक्त घटनामा आफन्तले डाक्टरले लापरबाही गरेको भन्दै मेडिकल सुपरिटेण्डेन्ट बस्यालमाथि कुटपिट गरेका थिए । कुटपिटमा संलग्नको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।

प्रतिक्रिया