बुधबार, फागुन ९, २०८०

नेपाल सुपर लिग : वीरगन्ज र चितवन खेल्दै, दुवै टिम पहिलो जितको खोजीमा

नेपालखोज २०८० मंसिर १५ गते ६:२५

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) दोस्रो संस्करणमा आज वीरगन्ज युनाइटेड एफसी र चितवन एफसी खेल्दै छन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजेदेखि सुरु हुनेछ । दुवै टिम पहिलो जितको खोजीमा रहेका छन् ।

वीरगन्ज यसअघि पहिलो खेलमा धनगढी एफसीसँग पहिलो खेलमा २–१ ले पराजित भएको थियो । चितवनले पहिलो धनगढी एफसीसँग १–० को हार बेहोरेको थियो । दोस्रो खेलमा चितवनले काठमाडौं रेजर्ससँग १–१ को बराबरी खेल्दै अंक बाँडेको थियो ।

गत मंसिर ८ गतेदेखि सुरु भएको प्रतियोगितामा नौ टिमको सहभागिता छ । प्रतियोगिताको यस सिजन काठमाडौं रेजर्स, धनगढी एफसी, बुटबल लुम्बिनी एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी, चितवन एफसी, झापा एफसी, वीरगञ्ज एफसी, ललितपुर सिटी एफसी, बुटवल लुम्बिनी र पोखरा थन्डर्स सहभागी छन् ।

प्रतिक्रिया