मंगलबार, वैशाख १६, २०८२

नेपाल सुपर लिग : आज दुईवटा खेल हुँदै

नेपालखोज २०८० मंसिर १६ गते ८:२६

काठमाडाैं । नेपाल सुपर लिग (एनएसएल)मा आज दुईवटा खेल हुँदै छ । आज पहिलो खेलमा झापा एफसी र पोखरा थन्डर्सबीच हुने छ । आजकाे प‍हिलाे खेल दिउँसाे बजे दशरथ रंगशालामा हुने छ । झापाको यो दोस्रो खेल हो । झापा पहिलो खेलमा स्पोटिङ इलामसँग पराजित भएको थियो ।

पोखरा भने जारी सिजनमा अपराजित रहेको छ । पहिलो खेलमा चितवन एसीलाई १–० गोलले पराजित गरेको थियो भने दोस्रो खेलमा ललितपुर सिटि एफसीसँग गोलरहित बराबरी खेलको थियो ।

त्यस्तै, आजै हुने दोस्रो खेलमा ललितपुर सीटी एफसी र धनगढी खेल्ने छन् । खेल साँझ ५ः३० बजे हुने छ । अपराजित रहेको धनगढीको ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ । ललितपुरको चार अंक रहेको छ ।

धनगढीले पहिलो खेलमा वीरगञ्ज युनाइटेडलाई २–१ ले र दोस्रो खेलमा बुटवल लुम्बिनीलाई १–० गोलले पराजित गरेको थियो । त्यस्तै लालितपुरले पहिलो खेलामा बुटवल लुम्बिनीलाई २–० र पोखरा थन्डर्ससँग गोलरहित बराबरी खेलेको थियो ।

प्रतिक्रिया