सोमबार, फागुन २१, २०८०

दोस्रो खुला ब्याडमिन्टन प्रतियोगितामा चार टिम बिजयी

नेपालखोज २०८० मंसिर १६ गते १५:२४

ललितपुर । सैबु भलिबल क्लबद्धारा आयोजित दोस्रो खुला ब्याडमिन्टन प्रतियोगितामा चार टिम बिजयी भएका छन् ।

आज आयोजित प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सैबु ब्यामिन्टन सर्कलका मनकुमार थापा र अन्जन थापाको टोली विजयी भएका छन् । सो टीमले वालकुमारी श्रृजना क्लबका राजकुमार भण्डारी र लोकेन्द्र थापाको टोलीलाई २१–१० र २१–१० सोझो सेटमा विजयी गरेको छ ।

दोस्रो खेलमा सिद्धिपार्क क्लबका विनोद महर्जन र सुसन चौधरीको टीमले सुरबहादुर घलान र रामप्रसाद चौधरीको टीमलाई २१–८ र २१–१०को अन्तरमा जित निकालेका छन् ।

तेस्रो खेलमा सैबु ब्यामिन्टन क्लबका शिशिर राई र सुरेश तामाङको टोलीले मिलनवस्ती क्लबका धनबहादुर थापा र सरोज कुमार शाक्यको टोलीलाई २१–१० र २१–२२ को अन्तरमा जित निकालेका छन् ।

चौथो खेलमा वालकुमारी श्रृजना क्लबका दामोदर थापा र बुद्ध लामाको टीमले वावुराजा महर्जन र सुवार वानियाको टीमलाई १९–२१, २१–१७ र २१–१९ अन्तरमा विजयी भएका छन् ।

नकआउट आधारमा खेलाईने सो प्रतियोगितामा २४ टीम सहभागि भएका छन् । प्रतियोगिताको उद्घाटन गर्दै ललितपुर महानगरपालिका–१८का वडा अध्यक्ष दामोदर खड्काले ब्याडमिन्टर प्रतियोगिताले शारिरिक विकासमा महत्वपुर्ण भुमिका खेल्ने बताए । उनले भने, यस वडामा टोल पिच्छे ब्याडमिन्टन क्लब स्थापना भइ सो खेलको विकास भएको छ । त्यसले यस वडामा ब्याडमिन्टन खेलाडी र खेलप्रेमीको सख्या बढुदै गएको छ ।

क्लबका अध्यक्ष शंकर मगरले चारवर्ष अघि स्थापना भएको ब्याडमिन्टन सर्कलले हरेक वर्ष आन्तरिक र खुला प्रतियोगिता आयोजना गरिरहेको जानकारी दिए । उनले प्रतियोगिता आयोजना गर्न सहयोग गर्ने सबै निकायलाई धन्यवाद दिदै निरन्तर सहयोगको अपेक्षा राखेका थिए । प्रतियोगिता यही २३ गतेसम्म सम्पन्न हुनेछ । प्रतियोतिामा विजयी टीमले २५, २० र १५ हजार नगद, ट्रफी र प्रमाणपत्र पाउनेछन् ।

प्रतिक्रिया