आइतबार, जेठ ६, २०८१

३० दुरसञ्चार कम्पनीलाई ७ दिनभित्र सम्पर्कमा आउन प्राधिरकणको निर्देशन

नेपालखोज २०८० मंसिर १७ गते ९:१२

काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले ३० वटा दुरसञ्चार प्रदायक कम्पनीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ । प्राधिकरणले नियमानुसार वित्तिय विवरण र रोयल्टी नबुझाउने ३० वटा कम्पनीलाई ७ दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको हो ।

निर्धारित समयभित्र बुझाउनु पर्ने वित्तिय विवरण र रोयल्टी रकम तथा ग्रामिण दुरसञ्चार विकास कोषको रकम नबुझाएको र बक्यौता जम्मा गर्न प्राधिकरणबाट पटक–पटक सम्पर्क गर्न पत्राचार भएपनि नआएप्छि सूचना निकाल्न परेको प्राधिकरणले जनाएको छ ।

सो अवधिमा पनि सम्पर्कमा नआए दुरसञ्चार ऐन,२०५३ बमोजिम प्राधिकरणबाट प्रदान गरिएको अनुमतिपत्र खारेजी गर्ने प्रक्रिया अगाडी बढाउने समेत चेतावनी दिएको छ ।

प्रतिक्रिया