शनिबार, वैशाख २२, २०८१

झन्डै चार अंकले घट्दा एक अर्ब १९ करोडको सेयर किनबेच

नेपालखोज २०८० मंसिर १८ गते १५:३१

काठमाडौं । नेप्से पुन घटेको छ । अघिल्लो दिन सात दशमलव २९ अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार पुन तीन दशमलव ४२ अंंकले घटेर एक हजार आठ सय ४७ दशमलव ८१ अंकमा झरेको छ ।

यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव २२ अंकले घटेर तीन सय ५३ दशमलव २१ अंकमा झरेको छ । नेप्सेमा आज दुई सय ९२ वटा कम्पनीहरुको ४३ हजार चार सय २८ पटकको कारोबारमा ३८ लाख ९६ हजार दुई सय ८७ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम एक अर्ब १९ करोड ७२ लाख ५७ हजार आठ सय ९४ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा पाँच वटा समुहहरुको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । जसमध्ये बिकास बैंक समुहको सुचक एक दशमलव शुन्य एक अंकले बढेर तीन हजार छ सय १२ दशमलव ९५ अंकमा चढेकोमा फाईनान्स समुहको सुचक आठ दशमलव ९६ अंकले बढेर १६ सय ३२ दशमलव २५ अंकमा पुगेको छ ।

जीवन बीमा समुहको सुचक पनि ९८ दशमलव ८५ अंकले बढेर १० हजार दुई सय ८१ दशमलव ५१ अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि ३४ दशमलव ३२ अंकले बढेर नौं हजार आठ सय ४३ दशमलव १७ अंकमा पुगेको छ । यसैगरी सामुहिक लगानी कोष समुहको सुचक पनि शुन्य दशमलव शुन्य दुई अंकले बढेर १७ दशमलव ५५ अंकमा पुगेको छ ।

वाणिज्य बैंक समुहको सुचक भने सात दशमलव १६ अंकले घटेर ११ सय ३७ दशमलव २५ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि दुई दशमलव ३६ अंकले घटेर १९ सय ५५ दशमलव ३८ अंकमा पुगेको छ । यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि क्रमशः नौं दशमलव ३४, शुन्य दशमलव ३२, १७, एक दशमलव २८, आठ दशमलव ८२ र १२ दशमलव २८ अंकले घटेका छन् ।

नेप्सेमा आज समाज लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य आठ दशमलव छ प्रतिशतले बढेर एक सय २२ रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको प्रतिकित्ता सेयर मुल्य नौं दशमलव ९९ प्रतिशतले घटेर तीन सय ११ रुपैंयाँ ७० पैसामा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको भने प्रतिकित्ता तीन सय रुपैयाँ २० पैसा अन्तिम मुल्यमा सात करोड ४६ लाख ३१ हजार सात सय २३ रुपैंयाँ ४० पैसाको सेयर किनबेच भएको छ । यो आज कारोबार भएका मध्ये रकम कारोबारका आधारमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया