शनिबार, जेठ ५, २०८१

सवारी दुर्घटनामा चार जनाको मृत्यु

नेपालखोज २०८० मंसिर २१ गते १४:२२

काठमाडौं । काठमाडौं महानगरपालिका–१६ बनस्थली ढुङ्गेधारास्थित सडकमा ना.८ ख ३५०१ नम्बरको ट्रक र बाग्मती प्रदेश ०२–०३१ प ४९४९ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा स्कुटरमा सवार नागर्जुन नगरपालिका–१ रानिबन बस्ने २३ वर्षिय बिशाल लामाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ओमसाई बाबा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक र स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिरहाको लहान नगरपालिका–७ स्थित सडकमा प्रदेश २–०३–००१ ज ००४९ नम्बरको विङगरको ठक्करबाट सोही ठाउँ बस्ने जाबैद हुसेनको छोरी ८ वर्षीया अफिया खातुनको सोमबार साँझ घटनास्थलमै मृत्यु भएको छ । हाल फरार विङगर चलकको प्रहरीले खोजी गरिरहेको छ । मोरङको विराटनगर महानगरपालिका–३ स्थित सडकमा प्र १–०२–०५२ प ३७८९ नम्बरको मोटरसाइकल र को.१८ प ११५१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार राति दुर्घटना हुँदा प्र १–०२–०५२ प ३७८९ नम्बरको मोटरसाइकल चालक बुढिगंगा गाउँपालिका–६ बस्ने ५५ वर्षीय नबिन चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिराट नर्सिङ होम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार को.१८ प ११५१ नम्बरको मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

बाँकेको नेपालगंज उपमहानगरपालिका–२२ नहरपुरूवास्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीया बिट्टी पासीको बुधबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया