शनिबार, वैशाख २२, २०८१

झन्डै १२ अंकले बढ्दा दुई अर्ब ७९ करोडको सेयर किनबेच

नेपालखोज २०८० मंसिर २१ गते १५:२८

काठमाडौं । नेप्से पुन बढेको छ । अघिल्लो दिन तीन दशमलव ३३ अंकले बढेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार पुन ११ दशमलव ७३ अंकले बढेर १८ सय ५२ दशमलव ७७ अंकमा पुगेको छ ।

यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ५८ अंकले बढेर तीन सय ५२ दशमलव २८ अंकमा पुगेको छ । नेप्सेमा आज दुई सय ९९ पटकको कारोबारमा ५३ हजार एक सय ४६ पटकको कारोबारमा ९६ लाख पाँच हजार छ सय आठ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम दुई अर्ब ७९ करोड ९१ लाख ४६ हजार चार सय ३३ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा ट्रेडिङ समुहको सुचक १३ दशमलव ६५ अंकले घटेर २६ सय ८२ दशमलव ६२ अंकमा झरेकोमा बाँकी समुहहरुको सुचक भने बढेका छन् । सो मध्ये वाणिज्य बैंक समुहको सुुचक छ दशमलव ९४ अंकले बढेर ११ सय ४० दशमलव ४२ अंकमा पुगेकोमा बिकास बैंक समुहको सुचक पनि २० दशमलव २७ अंकले बढेर तीन हजार छ सय २१ दशमलव ४३ अंकमा पुगेको छ ।

फाईनान्स समुहको सुचक पनि ११ दशमलव २४ अंकले बढेर १६ सय २६ दशमलव ९० अंकमा पुगेकोमा जलबिद्युत समुहको सुुचक पनि २० दशमलव शुन्य नौं अंकले बढेर १९ सय ६२ दशमलव २५ अंकमा पुगेको छ । यसैगरी जीवन बीमा समुहको सुचक पनि आठ दशमलव ८४ अंकले बढेर १० हजार चार सय ३३ दशमलव शून्य दुई अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि दुई सय नौं दशमलव २४ अंकले बढेर १० हजार ८८ दशमलव ४१ अंकमा पुगेको छ ।

यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि क्रमशः ३२ दशमलव ४४, शुन्य दशमलव ५५, ३१ दशमलव ८१, दुई दशमलव ७८, शुन्य दशमलव शुन्य छ र एक दशमलव ७१ अंंकले बढेका छन् ।

नेप्सेमा आज त्रिशुली जलबिद्युत कम्पनी लिमिटेडको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर दुई सय ९४ रुपैंयाँ ८० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएकोमा ग्लोवल आईएमई लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य सात दशमलव ८१ प्रतिशतले घटेर सात सय ९१ रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

नेपाल पुर्नबीमा कम्पनीको भने आज एकै दिन ८६ करोड ८३ लाख ७८ हजार एक सय रुपैंयाँको सेयर किनबेच भएको छ । यो आज कारोबार भएकै मध्ये रकम कारोबारको आधारमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया