शनिबार, जेठ ५, २०८१

जुवातास खेल्दा खेल्दै १४ जना पक्राउ

नेपालखोज २०८० मंसिर २१ गते १५:२४

काठमाडौं । ललितपुरको ललितपुर महानगरपालिका–३ झम्सिखेलस्थित सुस्मा नेपालको मुगल होटेलमा कौडा खेलिरहेको अवस्थामा सोही महानगरपालिका–२४ धापाखेल बस्ने महांकाल गाउँपालिका–४ घर भएका ३४ वर्षीय रमेश तिमल्सिना समेत ११ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर जावलाखेलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ९९ हजार ५ सय रूपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको हो ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङगास्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–२ बस्ने ३९ वर्षीय संजिब बस्नेत सहित ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १५ हजार रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । दुबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया