शनिबार, जेठ ५, २०८१

३२ करोडको हिनामिना, चार जना पक्राउ

नेपालखोज २०८० मंसिर २४ गते १९:५२

कञ्चनपुर । शिव शिखर बहुउद्देश्यीय सहकारीमा कार्यरत चार जना कर्मचारीलाई ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सहकारीमा कार्यरत गीता शर्मा, केदारनाथ शर्मा, पुष्कर मल्ल र अमिसराज भण्डारी रहेका छन् ।

महेन्द्रनगर, त्रिभुवन बस्ती र बेलौरीका ३ हजार ६ सय ७१ बचतकर्ताहरूले आफूले जम्मा गरेको रकम सहकारीका कर्मचारीले हिनामिना गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा मुद्दा दर्ता गरेका थिए ।

बचतकर्ताले मुद्दा पछि ४ जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए ।

जम्मा गरेको बचत रकम फिर्ता माग्दा फिर्ता नपाएपछि बचतकर्ताले प्रहरीमा सहकारी विरुद्ध उजुरी दर्ता गरेका थिए ।

उक्त सहकारीका सञ्चालक समितिका पदाधिकारी तथा कर्मचारीहरूले बचतकर्ताको ३१ करोड ९७ लाख तीन हजार ९ सय रुपैयाँ हिनामिना गरेको बचतकर्ताको आरोप छ ।

भक्तपुरमा केन्द्रीय कार्यालय रहेको शिव शिखर सहकारी संस्थाका देशभरका विभिन्न ठाउँमा शाखा कार्यालय छन् ।

प्रतिक्रिया