शनिबार, वैशाख २२, २०८१

१५ अंकले घट्दा चार अर्ब ८४ करोडको सेयर किनबेच

नेपालखोज २०८० मंसिर २५ गते १५:२६

काठमाडौं । मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा कै कारण अघिल्लो दिन एक सय ११ अंकले बढेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार भने उच्च अंकले घटेको छ ।

नेप्से आज १५ दशमलव ४० अंकले घटेर १९ सय ४८ दशमलव ५७ अंकमा झरेको छ । यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ३३ अंकले घटेर तीन सय ६९ दशमलव ४१ अंकमा झरेको छ ।

नेप्सेमा आज तीन सय तीन वटा कम्पनीहरुको एक लाख नौं हजार नौं सय १८ पटकको कारोबारमा एक करोड ४६ लाख ९८ हजार पाँच सय १७ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब ८४ करोड २७ लाख ७४ हजार तीन सय ८६ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा चार वटा समुहहरुको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । जसमध्ये वाणिज्य बैंक समुहको सुचक १५ दशमलव २३ अंकले घटेर ११ सय ८९ दशमलव ९९ अंकमा पुगेको छ भने बिकास बैंक समुहको सुचक ८० दशमलव ६९ अंकले घटेर तीन हजार सात सय ६९ दशमलव ४५ अंकमा झरेको छ ।

फाईनान्स समुहको सुचक पनि २७ दशमलव ७० अंकले घटेर १७ सय ११ दशमलव ५० अंकमा झरेकोमा जलबिद्युत समुुहको सुचक पनि १४ दशमलव ६५ अंकले घटेर २१ सय १७ दशमलव शुन्य आठ अंकमा झरेको छ ।

जीवन बीमा समुहको सुचक पनि ७९ दशमलव ७५ अंकले घटेर १० हजार नौं सय छ दशमलव ६२ अंकमा झरेकोमा होटल तथा पर्यटन, लगानी, अन्य र ट्रेडिङ समुहको सुचक पनि क्रमशः ७६ दशमलव १०, शुन्य दशमलव ९५, १७ दशमलव ७९ र ३१ दशमलव ५७ अंकले घटेका छन् ।

निर्जीवन बीमा समुहको सुचक भने एक सय ४६ दशमलव ३६ अंकले बढेर १० हजार सात सय ६२ दशमलव ३२ अंकमा चढेकोमा उत्पादनमुलक, लघुवित्त र सामुहिक लगानी कोष समुहको सुचक भने क्रमशः १३ दशमलव ४३, १५ दशमलव ४६ र शुन्य दशमलव ३८ अंकले बढेका छन् ।

नेप्सेमा आज बोटर्लस नेपाल (तराई) लिमिटेडको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर २६ सय ९८ रुपैंयाँ ६० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा समता घरेलु लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य सात दशमलव १५ प्रतिशतले घटेर छ सय १० रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको भने आज प्रतिकित्ता तीन सय २८ रुपैंयाँ अन्तिम मुल्यमा २५ करोड १३ लाख ४४ हजार एक सय २७ रुपैंयाँको सेयर किनबेच भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया