मंगलबार, वैशाख २५, २०८१

प्रभु बैंकका ग्राहकलाई ओम हस्पिटलमा छुट

नेपालखोज २०८० मंसिर २५ गते १८:३१

काठमाडौं । प्रभु बैंकका ग्राहकसँगै कर्मचारीका परिवारले चाबहिलको ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा छुट पाउने भएका छन् ।

बैंकको केन्द्रिय कार्यालय बबरमहलमा आयोजित एक कार्यक्रममा ॐ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महत र प्रभु बैंकका प्रमुख बजार अधिकृत मञ्जयराज पाण्डेले छुट सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे संगै ग्राहकहरुले यस्तो सुविधा पाउने भएका हुन् ।

सम्झौता अनुसार बैंकका सबै ग्राहक, कार्ड प्रयोगकर्ता, कर्मचारी तथा कर्मचारीका पारिवारजनले ॐ हस्पिटलमा उपचार सेवा लिँदा अन्तरंग तथा बहिरंग सेवामा ओपीडी टिकटबाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी र फिजियोथेरापी लगायतका सेवाहरुमा छुट पाउने बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया