एसीसी यू–१९ एसिया कप : भारत भिड्दै नेपाल
नेपालखोज
२०८० मंसिर २६ गते ६:४०

काठमाडाैं । एसीसी यू–१९ एसिया कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा आज मंगलबार नेपाली युवा टोलीले भारतको सामना गर्दै छ । दुबईको आईसीसी एकेडेमी ओभल–२ मा हुने खेल बिहान सबा ११ बजे सुरु हुनेछ ।
समूह चरणका दुई खेलमा लगातार पराजित भएको नेपालको सेमिफाइनल पुग्ने सम्भावना अंक गणितीय रुपमा मात्र जिवित छ ।
समूह चरणमा एक खेलमा जित र एक खेलमा हार भोगेको भारत नेपाललाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाउन चाहन्छ ।
अफगानिस्तानलाई ७ विकेटले हराएको भारत पाकिस्तनसँग भने ८ विकेटले पराजित भएको थियो । नेपालले भने पहिलो खेलमा पाकिस्तानसँग ७ विकेट र अफगानिस्तानसँग ७३ रनको फराकिलो हार व्यहोरेको थियो ।
सम्बन्धित

प्रतिक्रिया