एनएसएल : बुटवल लुम्बिनी र झापा भिड्दै

नेपालखोज २०८० मंसिर २६ गते ८:१७

काठमाडौं । काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज बुटवल लुम्बिनी एफसी र झापा एफसीबीच प्रतिस्पर्धा हुने भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ५ बजे सुरु हुने छ । झापा पहिलो जितको खोजिमा हुने छ । उसका दुई खेलाडी चोटिल भएका कारण पनि जित निकाल्न सकेको छैन । यता बुटवल भने लगातार तेस्रो जित निकाल्ने दाउमा हुने छ ।

प्रतियोगिताको यो सिजनमा काठमाडौं रेजर्स, धनगढी एफसी, बुटबल लुम्बिनी एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी, चितवन एफसी, झापा एफसी, वीरगन्ज एफसी, ललितपुर सिटी एफसी, एफसी बुटवल लुम्बिनी र पोखरा थन्डर्स सहभागी छन् ।

प्रतिक्रिया