रोनाल्डोले पुरा गरे यो वर्षको ५० औं गोल
नेपालखोज
२०८० मंसिर २६ गते ८:३८

क्रिस्टियानो रोनाल्डोले वर्ष २०२३ मा ५० गोल पुरा गरेका छन् । अल नासरका लागि उनले अल सहवाब विरुद्ध गोल गर्दै यो वर्ष आफ्नो ५० औं गोल पुरा गरेका हुन् ।
रोनाल्डोको गोलसँगै अल नासरले चिरप्रतिद्वन्द्वी अल सहबाबलाई ५-२ ले पराजित गर्दै साउदी किंग्स कपको सेमिफाइनलमा स्थान बनायो । उनले अल नासरको लागि ७४ औं मिनेटमा चौंथो गोल गर्दै यो वर्ष ५० गोल पुरा गरे । रोनाल्डोले यो सिजनमा अल नासरका लागि २६ गोल गरे। जसमा १६ गोल उनले साउदी प्रो लिगका १५ खेलमा गरेका छन् ।
तीन दिनअघिमात्र रोनाल्डोले आफ्नो करिअरको १२ सयौं व्यावसायिक खेल खेल्दा अल रियाद विरुद्ध समेत गोल गरेका थिए । उनले उक्त खेलमा एक गोल र एक असिस्ट गर्दै ऐतिहासिक कीर्तिमान बनाएका थिए ।
सम्बन्धित

प्रतिक्रिया