संकल्पयात्रामा अवरोध नगर्न एमालेको अपिल

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले झुलाघाट–चिवाभञ्ज्याङ संकल्पयात्रामा अवरोध नगर्न अपिल गरेको छ । मंगलबारदेखि कोसी प्रदेशमा प्रवेश गर्न लागेको सो यात्राका क्रममा अवरोध सिर्जना नगर्न आग्रह गरिएको हो ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केही समूहले एमालेको अभियानलाई अवरोध गर्ने कार्यक्रम राखेकामा पार्टीको ध्यानाकर्षण भएको बताए । उनले प्रदेश, सडक बन्दलगायत गतिविधि गर्ने भन्ने सुनेको भन्दै पार्टीका तर्फबाट सबै समूहलाई अवरोध सिर्जना नगर्न आग्रह गरे ।
उनले यस्ता अभियानमा अवरोध नगर्न र सहयोग गर्न आग्रह गरे । जनताका मुद्दालाई सम्बोधन गरेर अघि बढ्नुपर्ने अहिलेको अवस्था रहेको उनले बताए । उनले राजनीतिक दलको अभियानमा अवरोध नगर्न र असहमति भए औपचारिक रूपमा शान्तिपूर्ण ढंगले गुनासा राख्न आग्रह गरे ।
कोसी प्रदेश नामको विषय प्रदेशसभाको सवाल भएको उनले उल्लेख गरे । त्यस्ता मुद्दालाई औपचारिक रूपमा प्रदेशसभामा लगेर छलफल गर्ने वातावरण मिलाउनुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया