भारतविरुद्ध नेपाल ५२ रनमै अल आउट
नेपालखोज
२०८० मंसिर २६ गते १३:३४

काठमाडौं । एसीसी यू–१९ एसिया कपमा भारतविरुद्ध नेपालले ५३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
युनाइटेड अरब इमिरेट्स (यूएई) स्थित आईसीसी एकेडेमी ओभल–२ मा जारी खेलमा टस हारेर ब्याटिङमा आएको नेपालले २२.१ ओभरमा सबै विकेट गुमाएर ५२ रनमात्र बनाउन सक्यो ।
यू–१९ टिमले एकदिवसीय क्रिकेटमा बनाएको यो नै अहिलेसम्मको सबैभन्दा सानो योगफल हो । यसअघि नेपालले सन् २००८ मा वेस्ट इन्डिजविरुद्ध ७४ रन बनाउनु सबैभन्दा सानो योगफल थियो ।
सम्बन्धित

प्रतिक्रिया