सांसद अमरेशकुमार सिंहले दायर गरेकाे एनसेलविरुद्धको रिट आज पनि ‘हेर्न नभ्याइने’
नेपालखोज
२०८० मंसिर २६ गते १७:२७
काठामाडाैं । सांसद अमरेशकुमार सिंहले एनसेलको शयेर खरिद बिक्रीविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिट हेर्न नभ्याइनेमा परेको छ ।
मंगलबार न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा प्रारम्भिक सुनुवाइका लागि पेशी तोकिए पनि समय अभावका कारण हेर्न नभ्याइने भएको हो । यसअिघ आइतबार र सोमबार पनि हेर्न नभ्याइनेमा परेको थियो ।
आइतबार न्यायाधीश कुमार रेग्मी र सोमबार विनोद शर्माको इजलासमा परेको थियो । मलेसियाको आजियाटा कम्पनीले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत शेयर स्पेट्रोलाइट युके लिमिटेडलाई बिक्री गरेको छ ।
सम्बन्धित

प्रतिक्रिया