नेपाल सुपर लिग : झापाको पहिलो जित
नेपालखोज
२०८० मंसिर २६ गते १९:२९

काठमाडाैं । जारी नेपाल सुपर लिगमा झापा एफसीले पहिलो जित निकालेको छ । पहिलो जित निकाल्दै झापा अंक तालिकामा छैटौं स्थानमा उक्लेको छ ।
झापाले मंगलबार भएको खेलमा बुटवल लुम्बिनीलाई १–० गोलले पराजित गरेको हो । झापाका लागि जर्ज पेइएज सान्चेजले निर्णायक गोल गरे ।
झापाले खेलेको पाँच खेलमा एक खेलमा जित एक खेलमा पराजय तथा तीन खेलमा बराबरी खेलेको हो ।
पाँच खेलबाट ९ अंक भएको ललितपुर सिटि शीर्ष स्थानमा रहको छ । समान ८ अंक भएको पोखरा, धनगढी र काठमाडौं क्रमस दोस्रो तेस्रो र चौथो स्थानमा रहेको छ । पराजित भएको बुटवल ७ अंकका साथ पाँचौं स्थानमा रहेको छ ।
सम्बन्धित

प्रतिक्रिया