सोमबार, जेठ ७, २०८१

के राधा र रुक्मिणी एकै हुन् ?

नेपालखोज २०८० मंसिर २७ गते ६:०५

राधालाई भगवान् कृष्णको प्रेमिका र रुक्मिणीलाई उनकी पत्नीमा हामीले चिन्दै आएका छौं । पौराणिक कथा अनुसार भगवान् विष्णु बेला बेलामा पृथ्वीमा विभिन्न अवतार लिएर जन्मने गर्दथे ।

भगवान् विष्णुले यसरी जन्म लिँदा उनकी पत्नी लक्ष्मीले पनि विष्णुसँग पृथ्वीमा जन्म लिएर सहयोग गर्ने गर्थिन । त्रेता युगमा विष्णुले रामको अवतार लिँदा देवी लक्ष्मीले सीताको रुपमा जन्म लिएकी थिइन् । द्वापर युगमा भगवान् विष्णुले कृष्णको रुप लिएर जन्म लिँदा लक्ष्मीले रुक्मिणीको रुपमा जन्म लिएकी थिइन् । पुराणहरुमा जब कृष्ण र राधाको प्रसंग आउँछ तब रुक्मिणीको कुनै प्रसंग नै आउँदैन ।

तर, जब रुक्मिणीसँग कृष्णले विवाह गर्छन्, त्यसपछि फेरि राधाको प्रसंग नै आउँदैन । यसको अर्थ राधा नै रुक्मिणी हुन् र रुक्निमी नै राधा हुन् ।

तर के थियो त राधा र रुक्मिणीबीचको भिन्नता ।
१. रुक्मिणी शहरी महिला हुन् भने, राधा ग्रामिण महिला हुन् । अर्थात्, एक राजकुमारी थिइन् त अर्को साधारण महिला ।

२. राधालाई रानी र रुक्मिणीलाई माता भनिन्छ ।

३. रुक्मिणी भगवान्की पत्नी र सेवक हुन् भने, राधा सखी हुन् । रुक्मिणी माताले पत्नीको धर्म र श्रीराधाले आफ्नी प्रिय धर्मको पालना गरिन् ।
४. रुक्मिणीको कृष्ण भगवान्ले अपहरण गरेपछि विवाह भएको थियो, तर ब्रह्मवैवर्त पुराण अनुसार, श्री राधा र श्री कृष्णको विवाह ब्रह्माद्वारा भएको थियो ।
५. श्रीराधा प्रभुको बाल्यकालको साक्षी हुन् भने रुक्मिणी प्रभुको बाल्यकालबाहेक सम्पूर्ण जीवनको साक्षी हुन् ।
६. प्राण त्याग गरेर श्री राधाले भगवान् जिउँदै र रुक्मिणीले भगवानलाई प्रस्थानको लागि छाडे ।
७. श्रीकृष्ण तत्व दर्शन अनुसार रुक्मिणीलाई शरीर र श्री राधालाई आत्मा मान्छन् ।
८. राधालाई आदिशक्ति मनिन्छ भने, रुक्मिणीलाई माता लक्ष्मीको अवतार मानिन्छ ।
९. श्रीकृष्ण राधामा लीन छन् भने, रुक्मिणी श्रीकृष्णमा लीन छिन् ।
१०.महाभारतको अनुशासन पर्व अनुसार, एक पटक युधिष्ठिरले भीष्मलाई सोधे, रुक्मणी र राधामा के समानता छ ? तब भीष्मले भने की, एक पटक लक्ष्मीले रुक्मिणीलाई भने, की मेरो निवास तिमी (रुक्मिणी)मा छ र राधाको वास गोकुलको गोकुलमा छ ।
११. संसारका सबै भौतिक व्यवस्थाहरू रुक्मणी हुन् र तिनको पछाडि काम गर्ने विचार राधाको हो र जसका लागि यो व्यवस्था भइरहेको छ त्यो कारण श्रीकृष्ण हो । अर्थात् राधा र रुक्मणी दुवै लक्ष्मीका रूप हुन्, तर जहाँ रुक्मणी भौतिक लक्ष्मी हुन् भने, अर्कोतर्फ राधा आध्यात्मिक लक्ष्मी हुन् ।

प्रतिक्रिया