शनिबार, वैशाख २२, २०८१

हिमालयन रि-इन्स्योरेन्सको आईपीओ आजदेखि

नेपालखोज २०८० मंसिर २७ गते ७:५१

काठमाडाैं । हिमालयन रि-इन्स्योरेन्सको आईपीओमा आजदेखि आवेदन दिन सकिने छ । उक्त कम्पनीले आजदेखि प्रिमियम मूल्यमा आईपीओ ल्याएको हो ।

यसअघि वैदेशिक रोजगारीमा गएका नेपालीलाई आईपीओ निष्कासन गरी बाँडफाँड गरी सर्वसाधारणलाई प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा दुई करोड ४९ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले अंकित मूल्य एक सय रुपैयाँमा थप एक सय ६ रुपैयाँ थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा आईपीओको बिक्री खुला गरेको हो । जसमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन पाउने छन् ।

प्रतिक्रिया