शनिबार, जेठ ५, २०८१

‘मानव तस्करी’ धन्दा : ५ वटा एयरलाइन्स अनुसन्धानको घेरामा

नेपालखोज २०८० मंसिर २७ गते १३:३६

काठमाडौं । नक्कली कागजपत्र बनाएर विदेश पठाउने धन्दामा प्रहरीले थप क्ल्यू फेला पारेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार संलग्न व्यक्ति पक्राउ परेसँगै केही एयरलाइन्स र तिनका कर्मचारीमाथि अनुसन्धान सुरू गरिएको छ ।

प्रहरीको टोलीले हिजो र आज अध्यागमन विभागका अधिकृत नरवीर खड्का, नेपाल एयरलाइन्सका अधिकृत अर्विन यादव, नेवानीकै अर्का कर्मचारी होम पोखरेल र एजेन्ट पदम लामालाई पक्राउ गरेको छ ।

भिजिट भिसामा जान दुईतर्फी टिकट काट्नुपर्ने भएपनि केही एयरलाइन्स र कर्मचारीको मिलेमतोमा पैसा लिएर फेक रिटर्न टिकट बनाउने भिसा परिवर्तनका लागि कागजात बनाइदिने लगायतको कसुर गरेको पाइएकोले अनुसन्धानको दायरा बढाइएको एसएसपी राठौरले जानकारी दिए ।

प्रतिक्रिया