शनिबार, वैशाख १५, २०८१

सातामा १६ अर्ब ६९ करोडको सेयर किनबेच

नेपालखोज २०८० मंसिर २९ गते १४:२७

काठमाडौं । यो साता नेप्से १९ सय ९४ दशमलव ६० अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन सय ७६ दशमलव ३६ अंकमा पुगेको छ ।

नेप्सेमा यो साता तीन सय तीन वटा कम्पनीहरुको तीन लाख ६० हजार सात सय ७१ पटकको कारोबारमा पाँच करोड दुई लाख ६२ हजार एक सय ९४ कित्ता शेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम १६ अर्ब ६९ करोड ५१ लाख १० हजार एक सय ४२ रुपैंयाँ ६४ पैसा पुगेको छ । यो कारोबार रकम गत साताको भन्दा नौं अर्ब रुपैंयाँले बढी हो ।

गत साता नेप्सेमा दुई सय ९९ वटा कम्पनीहरुको दुई लाख सात हजार एक सय छ पटकको कारोबारमा दुई करोड ५२ लाख ७४ हजार सात सय ७४ कित्ता शेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम सात अर्ब ६४ करोड ७१ लाख ६२ हजार पाँच सय ८१ रुपैंयाँ तीन पैसा पुगेको थियो । यो साता नेप्से पाँच दिन नैं खुल्ला रहेकोमा दोस्रो दिन घटेको थियो भने बाँकी दिनहरुमा लगातार बढेको थियो ।

सो अनुसार पहिलो दिन एक सय ११ दशमलव २९ अंकले बढेर १९ सय ६३ दशमलव ९८ अंकमा पुगेको नेप्से अन्तिम कारोबार दिन छ दशमलव ५५ अंकले बढेर १९ सय ९४ दशमलव ६० अंकमा पुग्न सफल भएको थियो । यसैगरी पहिलो दिन २१ दशमलव ४५ अंकले बढेर तीन सय ७३ दशमलव ७५ अंकमा चढेको सेन्सिटिभ इन्डेक्स अन्तिम कारोबार दिन एक दशमलव शुन्य छ अंकले बढेर तीन सय ७६ दशमलव ३६ अंकमा चढ्न सफल भएको थियो ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये यो साता सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड, नेपाल पुर्नबीमा कम्पनी हिमालयन डिष्ट्रिलरी प्राली आदिको बढी रकम कारोबार हुँदा नेपाल पुर्नबीमा कम्पनी, हिमालयन डिष्ट्रिलरी प्राली आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् । बजार पुंजीकरणको आधारमा भने यो साता नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि देखिएका छन् ।

प्रतिक्रिया