आइतबार, वैशाख १६, २०८१

सेयर बजार २ हजार विन्दुमा उक्लियो

नेपालखोज २०८० पुष १ गते १६:५०

काठमाडौं । आइतबारको सेयर बजारमा ११ कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । हाथवे इन्भेष्टमेन्ट, बोटलर्स नेपाल बालाजु, रिडि पावर कम्पनी, शिवश्री हाइड्रोपावर, वलेफी हाइड्रोपावर को सेयर मू्ल्य १० प्रतिशतले बढेको छ ।

यस्तै दोर्दी खोला जलविद्युत, विन्दबासिनी हाइड्रोपावर डेभलपमेन्ट, सगरमाथा जलविद्युत, भुगोल इनर्जी डेभलपमेन्ट, रावा इनर्जी डेभलपमेन्ट, र थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य पनि सर्किट लेभलमा (१० प्रतिशत) बढेको हो । यस दिन २७.७५ अंकले बढेको बजार २०२२.३५ विन्दुमा अडिएको छ ।

बढेको बजारमा कारोबार पनि बढेको छ । यस दिन ५ अर्ब १५ करोड ७८ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । १९८६ विन्दुबाट खुलेको बजारमा बढ्ने घट्ने क्रम चलेपनि अन्तत बढेर बजार बन्द भएको हो । आजको बजार बढ्नुको मूख्य कारण बैंकहरुले आजैबाट घटाएको ब्याजदरलाई मानिएको जानकारहरु बताउँछन् ।

प्रतिक्रिया