आइतबार, वैशाख १६, २०८१

३८ अंकले बढ्दा झण्डै सात अर्बको सेयर किनबेच

नेपालखोज २०८० पुष २ गते १५:२९

काठमाडौं । नेप्सेको उच्च बृद्धिले साताको दोस्रो कारोबार दिन आज सोमबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन झण्डै २८ अंकले उकालो लागेको नेप्से आज पुन ३८ दशमलव १४ अंकले बढेर दुई हजार ६० दशमलव ४९ अंकमा पुगेको छ ।

क वर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि नौं दशमलव ५६ अंकले बढेर तीन सय ९० दशमलव ६३ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय पाँच वटा कम्पनीहरुको एक लाख १३ हजार छ सय ९३ पटकको कारोबारमा दुई करोड १४ लाख ९७ हजार छ सय १९ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम छ अर्ब ८६ करोड ८१ लाख ७७ हजार पाँच सय ६३ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा जलबिद्युत समुहको सुचक सात दशमलव ८३ अंकले घटेर २३ सय ३६ दशमलव १३ अंकमा झरेकोमा बाँकी समुहहरुको सुचक भने उच्च अंकले बढेका छन् । जसमध्ये वाणिज्य बैंक समुहको सुचक २४ दशमलव ४५ अंकले बढेर १२ सय १३ दशमलव ४४ अंकमा पुगेकोमा बिकास बैंक समुहको सुचक पनि ७३ दशमलव १३ अंकले बढेर चार हजार एक सय १९ दशमलव ३५ अंकमा पुगेको छ ।

फाईनान्स समुहको सुचक पनि ४६ दशमलव ८१ अंकले बढेर १८ सय ५८ दशमलव ५१ अंकमा पुगेकोमा जीवन बीमा समुहको सुचक पनि एक सय पाँच दशमलव ७८ अंकले बढेर ११ हजार दुई सय २५ दशमलव ३७ अंकमा पुगेको छ ।

यसैगरी निर्जीवन बीमा समुहको सुचक पनि १३ दशमलव ५३ अंकले बढेर ११ हजार ५६ दशमलव ७२ अंकमा पुगेकोमा होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहको सुचकहरु पनि क्रमशः एक सय ७९ दशमलव ५०, दुई दशमलव २८, एक सय ४६ दशमलव ४९, एक सय ९७ दशमलव शुन्य दुई, शुन्य दशमलव ३१, २५ दशमलव ५३ र २४ दशमलव शुन्य आठ अंकले बढेका छन् ।

नेप्सेमा आज बोटर्लस नेपाल (बालाजु) लिमिटेडको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर चार हजार तीन सय ४५ रुपैंयाँ ८० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा हिमालयन पावर पार्टनर लिमिटेडको प्रतिकित्ता सेयर मुल्य सात दशमलव ८६ प्रतिशतले घटेर दुई सय २९ रुपैंयाँ ७० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

हिमाल दोलखा हाईड्रोपावर कम्पनीको प्रतिकित्ता एक सय ४९ रुपैंयाँ १० पैसा अन्तिम मुल्यमा २६ करोड २६ लाख ७४ हजार चार सय ७२ रुपैंयाँको सेयर कारोबार भएको छ । यो आज कारोबार भएको मध्ये रकम कारोबारका आधारमा सबै भन्दा बढी हो ।

प्रतिक्रिया