आइतबार, जेठ ६, २०८१

नर्सिङ पढ्न कक्षा १२ पास गर्नुपर्ने

नेपालखोज २०८० पुष ३ गते १२:५२

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्राविधिक र व्यवसायिक शिक्षासम्बन्धी नयाँ कानुन निर्माणका लागि छलफल सुरु गरेको छ ।

हालको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ऐन, २०४५’ को सट्टामा टेक्निलकल, भोकेसनल, एजुकेशन एन्ड ट्रेनिङ (टीभीईटी) विधेयक ल्याउन छलफल सुरु गरेको हो ।

अघिल्लो हप्ता शनिबार मन्त्रालयका सहसचिव, कानुन अधिकृत र सीटीईभीटीका पदाधिकारीबीच नयाँ विधेयकको मस्यौदाबारे छलफल भएको थियो ।

सो छलफलमा सीटीईभीटीले डिप्लोमा तहका प्राविधिक तथा व्यवसायिक शैक्षिक कार्यक्रम पढ्न विद्यार्थीको शैक्षिक योग्यता एसईई नै कायम गर्नुपर्ने, हरेक प्रदेशमा प्रादेशिक परिषद् हुनुपर्ने, प्रदेश परिषद्को अध्यक्षता सामाजिक विकास मन्त्रालय अथवा सरोकारवाला मन्त्री हुनुपर्ने र सदस्य सचिव केन्द्रबाट जानुपर्ने सुझाव दिएको छ ।

मन्त्रालय स्रोतका अनुसार मस्यौदामा सीटीईभीटी ऐनमा हाल रहेका कुन कुन व्यवस्था राख्नु उपयुक्त हुन्छ भनेर सुझाव लिइएको हो ।

प्रतिक्रिया