बिहीबार, वैशाख २०, २०८१

लुम्बनी प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै

नेपालखोज २०८० पुष ८ गते ८:२१

काठमाडौं । लुम्बनी प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

मुख्यमन्त्री नियुक्त भएको ८ महिनापछि मुख्यमन्त्री चौधरीले २ जना मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

मुख्यमन्त्री चौधरीले सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रबाट बाँकेकी कृष्णा केसी र नेपाली कांग्रेसबाट प्यूठानका सरोज थापालाई मन्त्री नियुक्त गर्न सिफारिस गरेका छन् ।

प्रतिक्रिया