आइतबार, जेठ ६, २०८१

बलात्कार मुद्दामा मार्सलले गरे उच्च अदालतमा आत्मसमर्पण

नेपालखोज २०८० पुष १० गते १७:४०

दाङ । धरौटीमा छुटेका बलात्कार मुद्दाका आरोपी दाङका युवा वैज्ञानिक मार्सल रोकाले उच्च अदालतको आदेशपछि अदालतसामु आत्मसमर्पण गरेका छन् । उच्च अदालत दाङले उनलाई थुनामा राखी कारबाही गर्न आदेश दिएको थियो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी रामबहादुर केसीले मार्सलले अदालतमा सीधै आत्मसमर्पण गरेको बताए ।

उच्च अदालतको आदेशपछि प्रहरीले उनीविरुद्ध खोजी कार्य तीव्र पारेको थियो । प्रहरीले खोजी गरिरहेकै वेला उनले अदालतमा आत्मसमर्पण गरेको र प्रहरीले अदालतबाट उनलाई कारागार बुझाएको एसपी केसिले बताए ।

बलात्कार मुद्दामा पीडित महिलाले जिल्लाको आदेशमा चित्त नबुझेपछि उच्च अदालतमा पुनरावेदन गरेकी थिइन् । जिल्ला अदालत घोराहीले मार्सलविरुद्धको बलात्कार मुद्दामा दाङ जिल्ला अदालतले धरौटीमा छोड्न आदेश गरेको थियो ।

जिल्ला अदालतको आदेश उल्ट्याउँदै उच्च अदालत तुलसीपुरले थुनेर कारबाही गर्न आदेश गरेको हो । उच्चका मुख्य न्यायाधीश रत्नबहादुर बाग्चन्द र न्यायाधीश अच्युतमकुमार आचार्यको इजलासले उक्त आदेश दिएको थियो ।

प्रतिक्रिया