आइतबार, जेठ ६, २०८१

महेश राईमाथि केपी ओलीका सुरक्षाकर्मीलाई अवरोध गरेको मुद्दा

नेपालखोज २०८० पुष १० गते १८:४०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमणको प्रयास गरेका महेश राईलाई सुरक्षाकर्मीलाई अवरोध गरेको मुद्दा लगाइएको छ ।

मध्यपहाडी संकल्प यात्राका क्रममा गत २८ मंसिरमा धनकुटा पुगेका ओलीमाथि राईले आक्रमणको प्रयास गरेका थिए । लगत्तै पक्राउ परेका राईमाथि अनुसन्धान गरी जिल्ला प्रहरी कार्यालय धनकुटाले ‘राष्ट्र सेवकमाथि आक्रमण गरेको’ प्रतिवेदन तयार गरेको हो ।

त्यही प्रतिवेदनको आधारमा राईलाई जिल्ला सरकारी वकिलको कार्यालय, धनकुटाले आइतबार जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरेको सहायक जिल्ला न्यायाधिवक्ता केशव खतिवडाले बताए ।

‘मुलुकी अपराध संहिता ऐनको दफा ६६(१) को कसुर गरेकाले उपदफा (२) अनुसार सजाय हुनुपर्ने मागदावी छ’, खतिवडाले भने ।

प्रतिक्रिया