आइतबार, जेठ ६, २०८१

ज्येष्ठ नागरिक दिवस : देशभरका विद्यालयमा आज ज्येष्ठ नागरिक सम्बन्धी कक्षा सञ्चालन गर्नुपर्ने 

नेपालखोज २०८० पुष ११ गते ७:४३

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज विद्यालयमा ज्येष्ठ नागरिक सम्बन्धी कक्षा सञ्चालन गर्न आग्रह गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई आज सम्पूर्ण विद्यालयमा सामाजिक अध्ययन विषयको एक पिरियड ज्येष्ठ नागरिक सम्बन्धी पढाउने व्यवस्था मिलाउन मन्त्रालयले निर्देश गरेकाे हाे ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ज्येष्ठ नागरिक सम्बन्धी कक्षा सञ्चालन गरिदिन अनुरोध गर्दै शिक्षा मन्त्रालयलाई पत्र पठाएको थियो ।

सोही आधारमा शिक्षा मन्त्रालयले सम्पूर्ण विद्यालयमा सामाजिक अध्ययन विषयको एक पिरियडमा ज्येष्ठ नागरिक सम्बन्धी कक्षा सञ्चालन गर्न आदेश जारी गरेको हो ।

आज देशभर राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै छ । सोही अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ मन्त्रालयले विभिन्न कार्यक्रमहरू आयोजना गर्दैछ ।

प्रतिक्रिया