आइतबार, जेठ ६, २०८१

समाजवादी मोर्चाको बैठक बालुवाटारमा जारी

नेपालखोज २०८० पुष ११ गते ९:३८

काठमाडाैं । समाजवादी मोर्चा, नेपालको बैठक जारी छ । बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मोर्चाको बैठक शुरू भएको हो । बैठकमा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेता सहभागी छन् ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलगायत नेताहहरू सहभागी छन् ।

नेताहरूबीच समसामयिक राजनीतिका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । गत असार ४ गते चार दलले समाजवादी मोर्चा गठन गरेका थिए ।

प्रतिक्रिया