सोमबार, वैशाख २४, २०८१

वरिष्ठ अधिवक्ता भण्डारीविरुद्ध घरेलु हिंसाको मुद्दा

नेपालखोज २०८० पुष ११ गते १८:५८

काठमाडौं । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी विरुद्ध जिल्ला अदालत ललितपुरमा घरेलु हिंसा गरेको अभियोगमा मुद्दा दर्ता भएको छ ।

उनकी पत्नी जानकी पाण्डेले आफूमाथि घरेलु हिंसा गरेको भन्दै भण्डारीविरुद्ध मुद्दा दायर गरेकी हुन् । अधिवक्ता समेत रहेकी पाण्डेले आफूमाथि श्रीमानले घरेलु हिंसासँगै आर्थिक र मानसिक हिंसा गरेको आरोप लगाएकी छन् ।

उनले भण्डारीविरुद्ध नाता कायम गरेर विवाह दर्ता गरिपाउँ भनी अर्को मुद्दा पनि दायर गरेकी छन् । २०७४ सालमा आफूसँग विवाह गरेका श्रीमान सुरेन्द्र भण्डारीले विवाह दर्ता गर्न इन्कार गरेको आरोप छ ।

सुरेन्द्र भण्डारीले २०८० सालको मिति राखेर मात्रै विवाह दर्ता गरिदिन्छु भनेको भन्दै उनले विवाह भएकै मितिमा विवाह दर्ता हुनुपर्ने मागसहित अर्को मुद्दा दर्ता गरेकी छन् ।

प्रतिक्रिया