आइतबार, जेठ ६, २०८१

सवारी दुर्घटनामा चार जनाको मृत्यु

नेपालखोज २०८० पुष १३ गते १२:२६

काठमाडौं । पर्साको छिपहरमाई गाउँपालिका–३ झलमैयास्थित सडकमा ना.७ ख ९४९४ नम्बरको बसबाट लडेर सोही बसको टायरमा च्यापिएर बसमा सवार छिपहरमाई गाउँपालिका–३ झलमैया बस्ने २२ वर्षीय अर्जुन यादवको बिहीबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको एलएस न्यूरो अस्पताल बारामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।

सिरहाको नवराजपुर गाउँपालिका–४ स्थित सडकमा बीआर ३२ एएन ०५९२ नम्बरको स्कुटर र स.९ प १७३० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बिहीबार दिउँसो दुर्घटना हुँदा स.९ प १७३० नम्बरको मोटरसाइकलमा सवार नवराजपुर गाउँपालिका–२ मझौरा बस्ने ७३ वर्षीय बिल्टु यादवको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई थप उपचारको लागि घोपा धरानतर्फ पठाइएको छ भने स्कुटर चालकको प्रादेशिक अस्पताल लहानमा उपचार भइरहेको छ ।

चितवनको भरतपुर महानगरपालिका–१२ मिलन चोकमा भरतपुरबाट टांडीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ज ४५८ नम्बरको ईलेक्ट्रिक भ्यानको ठक्करबाट पैदलयात्री कास्की पोखरा महानगपालिका–१ सिमपानी घर भई चितवन भरतपुर महानगरपालिका–११ घोल बजार बस्ने ६१ वर्षीय गणेश थापा मगरको बिहीबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार भ्यान चालकको प्रहरीले खोजी गरिरहेको छ ।

बाजुराको गौमुल गाउँपालिका–६ नर्सरीस्थित सडकमा घटमुना बजारदेखि मालिवनतर्फ जाँदै गरेको से.१ ज ९८९ नम्बरको बोलेरो जिप आफै अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा चालक खप्तडछेडेदह गाउँपालिका–६ बस्ने ४० वर्षीय देबेन्द्र नाथको घट्नास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका जिपमा सवार १ जनाको घटमुना आधारभूत स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया