आइतबार, जेठ ६, २०८१

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

नेपालखोज २०८० पुष १३ गते १५:२९

कास्की । आफ्नै श्रीमती २८ वर्षीया रेखा घर्तीको हत्या गरेको अभियोगमा पोखरा महानगरपालिका–२९ नौबीसे बस्ने म्याग्दी धौलागिरी गाउँपालिका–७ ताकम घर भएका ३६ वर्षीय रत्न बहादुर घर्तीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

रत्नले पोखरा महानगरपालिका–२९ नौबीसे चोकस्थित तोरी बारीमा रेखाको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कर्यालय शिशुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अजरबैजान पठाई दिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ

काठमाडौं । अजरबैजान पठाइदिन्छु भन्दै ६ लाख ७७ हजार रूपैयाँ ठगी गरेको अभियोगमा खोटाङ दिक्तेल रूपाकोट मझुवागडी नगरपालिका–६ घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका–२ बस्ने ५१ वर्षीय हरी कुमार दाहाललाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

दाहालले १ जनालाई वैदेशिक रोजगारीका लागि अजरबैजान पठाई होटलमा मासिक ७५ हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम लिई सम्पर्क बिहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बुढानिलकण्ठबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया